विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको असर रुकुम पश्चिममा पनि देखिएको छ । विशेष गरी जिल्ला सदरमुकाममा बन्दको असर देखिएको हो । विहानैदेखि सवारी तथा मालबाहक साधन चलेका छैनन् भने पसल, उद्योग, कलकारखाना चलेका छैनन् ।
गन्तव्यमा हिडेका यात्रु पैदलै यात्रा गरिरहेका छन् । नेकपाले पेट्रोलियम पदार्थको मूल्य बृद्धि लगायतको विरोधमा बन्दको आह्वान गरेको हो । विशेष गरी जिल्ला बाहिर जाने यात्रु तथा डिग्रे मन्दिर जानेहरुमा बन्दको असर परेको छ । बजार तथा आसपासमा प्रहरी परिचालन गरिएको छ ।
जिल्ला सेक्रेटरी चन्द्रले सोमबार एक विज्ञप्ती जारी गरी बन्द सफल बनाउन आग्रह गर्नु भएको छ । यातायात उद्योग, व्यापार, व्यवसाय, शिक्षण संस्था, सरकारी तथा गैर सरकारी कार्यालय पूर्ण बन्द हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।