नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम अन्तर्गत बाँफिकोट गाउँपालिका २ नम्बर वडाका सबै टोलको भेला सम्पन्न भएको छ । सात वटा टोल भेलाले पदाधिकारी सहितको टोल समिति निर्माण गरेको छ । पार्टीको कर्णाली प्रदेश सल्लाहकार समिति सदस्य धनबहादुर खत्री, जिल्ला समिति सदस्य मनबहादुर वादी, मैसर विसी, कर्णबहादुर खत्री, नामबहादुर खत्री, जोखबहादुर केसी, जनकुमारी खत्री र देउसरा केसीले टोल भेला बनाउनु भएको हो ।
१ नम्बर टोलमा पलसिङ खत्रीको अध्यक्षतामा १९ सदस्यीय समिति बनेको छ । सचिवमा पृथ्वीबहादुर दाहाल चयन हुनु भएको छ । बीरबहादुर नेपालीको अध्यक्षतामा २ नम्बर टोल समिति बनेको छ । सचिवमा भक्तबहादुर केसी चयन हुनु भएको छ । ललि दमाइलाई अध्यक्ष र सन्ध्या परियार सचिव रहेको समिति ३ नम्बर टोलमा बनेको छ । ४ नम्बर टोलमा पनि नयाँ समिति बनेको छ । टोल भेलबाट मञ्जित नाथ अध्यक्ष र बलबहादुर खत्री सचिवमा चयन हुनु भएको छ ।
लक्ष्मण पौडेललाई अध्यक्ष र जनक केसीलाई सचिव चयन गर्दै ५ नम्बर टोल भेला सम्पन्न भएको छ । यो १७ सदस्यीय समिति बनेको हो । ६ नम्बर टोल भेलाले यामबहादुर बुढालाई अध्यक्ष र अमृता बुढालाई सचिवमा चयन गरेको छ । कलकुमारी बुढा अध्यक्ष र कृष्ण खत्री सचिव रहेको ७ नम्बर टोल समिति गठन भएको छ । पार्टी केन्द्रको निर्णय र तोकेको मितिमा वडाका सबै टोल भेला सकि पदाधिकारी समेत चयन गरिएको जिल्ला समन्वय समिति सदस्य मनबहादुर वादीले जानकारी दिनुभयो ।