Kakhara सबैको खबर सम्पूर्ण खबर
आर्थिक अभावमा 'मर्ने दिन' कुर्दै इश्वरी
विरामी इश्वरी खड्का ।

यहाँकी विरामीका लागि सहयोगको याचना गरिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३, की ४० वर्षीया इश्वरी खड्का विभिन्न रोगले ग्रसित हुनुहुन्छ । मुटु, मृगौला, वाथ रोग र फोक्सोमा समस्या रहेका कारण खड्का समस्यामा हुनुहुन्छ । घरबारी समेत नरहेकी खड्काको उपचारमा सहयोगको याचना गरिएको छ ।

चौरजहारी नगरपालिकाकाे पहलमा चौरजहारी अस्पतालमा निशुल्क चेकजाँच गरिएकाे थियो तर चौरजहारीमा उपचार सम्भव नहुने भएपछि थप समस्या हुने भएको छ । ३ छोराछोरी सहित खड्का हाल माइतीको शरणमा बसिरहनु भएको छ । श्रीमान र २ छोरा कमाउनका लागि भारततिर हुनुहुन्छ । श्रीमान दिपकजंग खड्काले आफूसित भाडा नभएको बताएर घर आउन सक्नु भएको छैन ।

कमाई नभएका कारण घर फर्कन नसकेको उहाँको भनाई छ । इश्वरीका आफन्तले केही रकम जुटाएर उपचार गर्न प्रयास गरेपनि त्यतिले सम्भव भएन । आफन्त सिता खड्काले घरबारी नभएको र त्यसैमाथी एकै पटक धेरै रोग लागेपछि समस्या भएको बताउनुभयो । सबैले अलि अलि भएपनि सहयोग गरेपछि उपचार सम्भव हुन्छ कि भन्ने लागेको सिताले बताउनुभयो । श्रीमान बृद्ध भइसकेको, छोराछोरी साना रहेको र घरबारी समेत नभएपछि उपचार गर्न सक्ने अवस्था नरहेको सिताले बताउनुभयो ।

राम्रो अस्पताल पुग्नका भाडा समेत नरहेको र उपचार गर्न सक्ने अवस्था झन नरहेको अरु आफन्तले गरेका छन् । चौरजहारी नगरपालिकाले चौरजहारी अस्पताल लैजान र ल्याउन निःशुल्क एम्बुलेन्स व्यहोरेको थियो । कतैबाट सहयोग पाएपछि केही समय जिउने नत्र मर्नका लागि तयार भएर बसेको इश्वरीको भनाई छ । 


 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update