सानीभेरी नदीमा पुल निर्माण भएपछि रुकुम पूर्वका २ वडालाई सहज भएको छ । पुल निर्माण भई सञ्चालनमा आएदेखि सिस्ने गाउँपालिका वडा नम्बर ३ र ४ तथा साविक पाेखरा गाविसका सर्वसाधारणलाई सहज भएको हो । सिस्ने ४ र ६ नम्बर वडालाई जोड्ने गरी अमलाचौरमुनी पुल निर्माण भएदेखि २ वडालाई सहज भएको छ ।
पुल निर्माण भई गाउँमै चार पाङ्ग्रे सवारीका साधन पुग्ने भए देखि अहिले जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट पुग्न सजिलो भएको छ । यस अघि सम्म दुई पाङ्ग्रे सवारी साधन सिस्ने ४ को तातोपानी नजिकै रहेको झोलुङ्गे पुल मार्फत जोखिम मोलेर वारपार गर्थे भने चार पाङ्ग्रे सवारीका साधनहरु वारपार गर्ने सम्भव थिएन ।
यस अघि रुकुम पश्चिमको मुसिकोट खलंगाबाट सिस्ने ३ नंम्बर वडाको पोखरा सम्म सवारीका साधनहरु पुग्ने गरे पनि सिस्ने ४ नंम्बर वडाको ढाँका र दादिङ सम्म सवारीका पुग्न सकेका थिएनन् । पछिल्लो समय सानी भेरी नदीमाथी पुल निर्माण भई सञ्चालनमा आए देखि ढाँका र दादिङ सम्म सवारीका साधन पुग्ने गरेको सिस्ने ४ का वडा अध्यक्ष दलराज घर्तीले जानकारी दिनुभयो ।
किनमेल बैँकिङ कारोबार र अन्य विभिन्न काम काजका लागि यस अघि सम्म पैदल यात्रा मार्फत रुकुमकोट पुग्ने यी दुई वडाका सर्वसाधारण अहिले भने गाडी चढेर रुकुमकोट पुग्ने गरेका छन् । सवारीका साधन गाउँ नपुग्दा बजारको सामान ढोकामा बोकेर गाउँसम्म पुर्याउनु पर्ने बाध्याता अन्ते भएको सिस्ने ४ कि निर्मला बुढाले बताउनुभयो ।
पुल मार्फत दुई वडा रुकुमकोटसँग जोडिए देखि गाउँमा कृषकले उत्पादन गरेको कृषि उपज वस्तुहरु बजार सम्म पुर्याउन सजिलो भएको सोही ठाउँकी रोजी घर्तीको भनाई छ । पुल निर्माण भई सवारी साधन गाउँमै आउन थाले पछि सामान ढुवानी र अन्य कामको लागि सजिलो भएको सिस्ने ३ का ओमप्रकास खड्काले बताउनुभयो । मृत सञ्जिवणी निर्माण सेवा हेटौडाले ८ करोड ८५ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ २५ पैसामा पाँच वर्ष पछि पुल निर्माण गरेको हो