नेपाली कांग्रेसको कार्यतालिका बमोजिम आज प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुनु पर्ने हो । तर रुकुम पश्चिममा भने आज अधिवेशन नहुने भएको हो । कांग्रेसका जिल्ला स्तरीय एक नेताका अनुसार सहमतिबाटै क्षेत्रीय कार्य समिति निर्माण गर्ने प्रक्रियामा पार्टी लागेको छ । त्यसैले आजको अधिवेशन स्थागित गरिएको हो ।
अब ५ र ६ गते प्रदेश निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशन एकै पटक गर्ने तयारी छ । ६ गते सम्म प्रदेश निर्वाचन क्षेत्रको कार्य समितिमा पनि सहमति भइसक्ने र जिल्लाको पनि अधिवेशन एकै साथ गर्ने गरी तयारी भइरहेको कांग्रेसले जनाएको छ । रुकुम पश्चिममा क र ख गरी २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।
कांग्रेसले दुवै क्षेत्रका क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समिति निर्वाचन गर्ने छ । ती नेताका अनुसार प्रसिद्ध धार्मिक मेलाका कारण पनि प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन स्थागित गर्ने विषयमा छलफल भइरहेको थियो । अब दुवै प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन जिल्ला सदरमुकाम खलंगामै हुने छ । सदरमुकाम खलंगा क प्रदेश निर्वाचन क्षेत्रमा पर्दछ ।