नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटि रुकुम पश्चिमको अध्यक्षका प्रकाश खड्का चयन हुनु भएको छ । चौरजहारी नगरपालिकाको हिमालय मावि खोलागाउँमा भएको १६ औं जिल्ला अधिवेशनले खड्काको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा प्रतिमा विक सचिवमा खिमबहादुर ओली, उपसचिवमा रामबहादुर ओली, कमल मल्ल र नरबहादुर खड्का तथा कोषाध्यक्षमा स्मारीका भण्डारी रहेका छन् । अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख उपस्थितिमा अधिवेशन भएको थियो ।
अधिवेशनमा नेकपा एमालेका कर्णाली प्रदेश कमिटि सदस्य टंकप्रसाद ओली, कर्णबहादुर घर्ती, नन्दराम देवकोटा, नारायणकुमार शाह लगायतको आतिथ्यता रहेको थियो । प्रकाश खड्काको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन खिमबहादुर ओलीले गरेको एमालेको विद्यार्थी फाँट सह इन्चार्ज ओमप्रकाश आचार्यले जानकारी दिनुभयो ।