नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम–काठमाण्डौं सम्पर्क समन्वय समितिको वडा सम्मेलन सम्पन्न भएको छ । पार्टीले निर्धारण गरेको गरेको मितिमै सम्मेलन गरेर वडा समिति बनाइएको हो । जिल्लाका ६ वटै स्थानीय तहको त्रिचन्द्र क्याम्पसको सभा हलमा सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रको विद्यार्थी विशेष जिल्ला समिति सदस्य लोकेन्द्र यरीले जानकारी दिनुभयो । यरीका अनुसार पार्टीले रुकुम पश्चिम–काठमाण्डौं सम्पर्क समन्वय समितिलाई एउटा स्थानीय तह अनुसारको मान्यता दिएको छ ।
सोही अनुसार ६ वटै स्थानीय तहलाई एक वडा मानेर काठमाण्डौंमा सम्मेलन गरी नेतृत्व चयन गरिएको हो । सम्मेलनले मुसीकोट नगरपालिकाको अध्यक्षमा इन्द्रबहादुर विसी आठबीसकोट नगरपालिकाको अध्यक्षमा खम्बुजंग घर्ती मगर र चौरजहारी नगरपालिकाको अध्यक्षमा धर्मराज विष्टलाई चयन गरेको छ ।
सोही सम्मेलनबाट बाँफिकोट गाउँपालिकाको अध्यक्षमा सञ्जय केसी, सानीभेरी गाउँपालिकाको अध्यक्षमा डिल्ली परियार र त्रिवेणि गाउँपालिकाको अध्यक्षमा रोशनकुमार विष्टलाई सर्वसम्मत चयन गरिएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समन्वय समितिका सदस्य प्रतिभा केसी, कर्णाली प्रदेश सदस्य लक्ष्मी पुन र रुकुम पार्टीका संस्थापक ताराप्रसाद घर्तीको उपस्थितिमा भेला भएको हो । जिल्ला समन्वय सम्पर्क समितिको सम्मेलन ११ गते गर्ने तयारी रहेको यरीले जानकारी दिनुभयो ।