Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुममा रुकुम साहित्य संगम कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजना एवम् मुसिकोट नगरपालिका रुकुम पश्चिम र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको आर्थिक सहयोगमा सञ्चालित रुकुम साहित्य सङ्गम २०७८ कार्यक्रमको उद्घाटनमा प्रवेश गरेका नेपाली साहित्यका विधागत विज्ञ साहित्यकाहरूलाई त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष झक्कुप्रसाद घर्तीले त्रिवेणी गाउँपालिका रूकुम पश्चिमको तर्फबाट स्वागत गर्नुभएको थियो । अतिथिहरूलाई त्रिवेणी गाउँपालिकाद्वारा पञ्चेबाजा तथा मयूर नाच सहित बजार परिक्रमा गर्दै भव्य स्वागत गरिएको थियो । 

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजना तथा मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको प्रायोजनमा “रुकुम साहित्य संगम” कार्यक्रमको पहिलो दिन मिति २०७८ मंसिर १ गते त्रिवेणी गाउँपालिका वडा नं. २ सिम्रुतु स्थित सभा हलमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ डा देवी नेपालको प्रमुख आतिथ्यता रहेको थियो । 

सो कार्यक्रमका विशिष्ट अतिथिहरू प्राज्ञ डाक्टर धिरेन्द्र प्रेमर्षि, प्राज्ञ डा कपिलदेव लामिछाने, वरिष्ट साहित्यकार हरिप्रसाद भण्ठारी, त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष झक्कुप्रसाद घर्ती, जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य टेकबहादुर ओली, अतिथिहरूमा त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका उपाध्यक्ष निर्मला विष्ट, साहित्यकार पूर्ण ओली, राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका सल्लाहकार केशबराज देबकोटा, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका सल्लाहकार भुवनेश्वर उपाध्याय, नेकपा (एमाले) त्रिवेणीका सचिब खडकबहादुर पुन, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहाकार मुकुन्दप्रसाद शर्मा, सिम्रुतु क्यामपसका क्यामपस प्रमुख सूर्यबिक्रम खड्का, प्रगतिशील लेखब संघ नेपाल जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार चन्द्रा ओली लगायतका हुनुहुन्थ्यो । रुकुम साहित्य सङ्गम कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ डा देवी नेपाल र विशेष अतिथि त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष झक्कुप्रसाद घर्तीले संयुक्त रुपमा गर्नुभएको थियो । साहित्यिक प्रशिक्षण कार्यक्रम अन्तर्गत प्राज्ञ देवी नेपाल र प्राज्ञ धीरेन्द्र प्रेमर्षिले काव्यमा तथा प्राज्ञ कपिलदेव लामिछाने र हरिप्रसाद भण्डारीले आख्यान विषयमा सहित्यिक प्रशिक्षण दिनुभएको थियो ।

उक्त सिर्जनात्मक साहित्यिक कार्यक्रमलाई त्रिवेणी कला, साहित्य संस्कृति संरक्षण मञ्चबाट प्रस्तुत गरिएको पञ्चेवाजा, मयुर नाच र स्वागत गीतले कार्यक्रमलाई थप मिठास तुल्याएको थियो । यस कार्यक्रमलाई त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष झक्कुप्रसाद घर्ती, उपाध्यक्ष निर्मला विष्ट, राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका सल्लाहकार केशवराज देवकोटा, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका सल्लाहकार भुवनेश्वर उपाध्याय लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्रिवेणी स्थित मावि तहका विध्यार्थी तथा नेपाली विषयका शिक्षकहरूको सहभागीता थियो । महत्वपूर्ण साहित्यिक कार्यक्रमले रुकुमको साहित्यलाई मात्र नभई स्तरीय नेपाली शिक्षणमा समेत टेवा पुर्याएको अपेक्षा गरिएकाे छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सचिव ओमबहादुर खत्रीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका उपाध्यक्ष सिर्जना शर्माले गर्नुभएको थियो । सेरीगाउँ, २ मंसिर २०७८ राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजना एवम् मुसिकोट नगरपालिक तथा त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटनपूर्व मुसिकोट नगरपालिका रुकुम पश्चिमका नगरप्रमुख देवीलाल गौतमले साहित्यकारहरूलाई स्वागत गर्नुभएको थियो । स्वागत लगतै साहित्यकार पारिजातको शालिकमा माल्र्यापण समेत गरियो । 

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजना तथा मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको प्रायोजनमा “रुकुम साहित्य संगम” कार्यक्रमको दोस्रो दिन मिति २०७८ मंसिर २ गते मुसिकोट नगरपालिका वडा नं. ५ सेरीगाउँ स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय प्राङगणमा सम्पन्न भएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ डा देवी नेपालको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमका विशिष्ट अतिथिहरूमा मुसिकोट नगरपालिका रुकुम पश्चिमका नगर प्रमुख देविलाल गौतम, नेपाल सरकार कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय सचिब भरतकुमार शर्मा, एकीकृत नेकपा (माओवादी) रुकुम पश्चिमका इन्चार्ज बसन्तकुमार शर्मा, प्राज्ञ डा धिरेन्द्र प्रेमर्षि, प्राज्ञ डा कपिलदेव लामिछाने, वरिष्ठ साहित्यकार हरिप्रसाद भण्डारी हुनुहुन्थ्यो । उक्त कार्यक्रमका अतिथिहरूमा मुसिकोट नगरपालिका रुकुम पश्चिमका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, साहित्यकार पूर्ण ओली, मुसिकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सुशील गौतम, राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका सल्लाहकार केशबराज देबकोटा लगायतका हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ डा देवी नेपाल र विशेष अतिथि मुसिकोट नगरपालिका रुकुम पश्चिमका नगर प्रमुखबाट सामूहिक रुपमा गरिएको थियो । उद्घाटन एवम् शुभकामना मन्तव्य रमा गौतम, हरिप्रसाद खनाल, केशवराज देवकोटा, भरतकुमार शर्मा, देवीलाल गौतमले दिनु भएको थियो ।

उक्त सिर्जनात्मक साहित्यिक कार्यक्रमलाई सम्वोदन गर्दै आख्यानकार हरिप्रसाद भण्डारी, प्रज्ञ डा कपिलदेव लामिछानेले आख्यानको विषयमा सिर्जनात्मक प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी सिर्जनात्मक प्रशिक्षण लगतै ससाना नानीहरू कविता रचना गर्दै वाचन गरेका थिए ।  यस सिर्जनात्मक साहित्यिक कार्यक्रममा नगर तथा जिल्ला भित्रका माध्यमिक तहका विद्यार्थी तथा नेपाली विषयका शिक्षकहरूको सहभागिता देखिन्थ्यो । काव्य लेखन तथा वाचनका विषयमा प्राज्ञ डाक्टर देवी नेपाल र धीरेन्द्र प्रेमर्षि सिर्जनात्मक साहित्यिक प्र्रक्षिण सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा त्रिभुवन जनता माविका विद्यार्थीहरूले वीचवीचमा प्रस्तुत गरिएको नृत्यले रोचकता प्रदान गरेको थियो । सिर्जनात्मक प्रशिक्षण अन्तर्गत काव्य र आख्यानको सैद्धान्तिक प्रशिक्षणबाट साहित्यिक तथा नेपाली भाषा शिक्षणको सिकाइमा समेत टेवा पुग्ने विश्लेषण गरिएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार कमप्रसाद देवकोटाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका उपाध्यक्ष सिर्जना शर्माले गर्नुभएको थियो । कार्यक्रमको तेस्रो दिन अतिथि साहित्यकारहरू प्राज्ञ डा देवी नेपाल, प्राज्ञ डाक्टर धीरेन्द्र प्रेमर्षि, प्राज्ञ डा कपिलदेव लामिछाने, वरिष्ठ साहित्यकार हरिप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।

महत्वपूर्ण कार्यक्रमको प्रायोजन गर्ने मुसिकोट नगरपालिका रुकुम पश्चिम र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमलाई पनि सम्मान गरिएको थियो । त्यस्तैगरी यमुनानन्द नमुना मावि सेरीगाउँ, भरतकुमार शर्मा, पूर्ण ओली, राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिव रमेश सुबेदी, मुकुन्दप्रसाद शर्मा, दामोदर पौडेल, सल्यानका साहित्यकार केशवराज देवकोटा, रुकुम पूर्वका साहित्यकार भुवनेश्वर उपाध्याय, नन्दकुमार घर्तीलाई सम्मान गरिएको थियो । रुकुम साहित्य सङ्गम कार्यक्रमबाट थोरै समयमा विधागत रुपमा धेरै उपलब्धी भएको परिषदकी उपाध्यक्षा सृजना शर्माले बताउनुभयाे । 

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update