नेपाली कांग्रेस रुकुम पश्चिमको सातौं जिल्ला अधिवेशन आज हुँदै छ । जिल्ला सदरमुकाम खलंगाको बह्राटाकुरामा अधिवेशन उद्घाटनको तयारी भइरहेको छ । दिउँसो १ बजेपछि अधिवेशन उद्घाटन गर्ने तयारीमा कांग्रेस जुटेको छ । कांग्रेसले जिल्ला अधिवेशन र दुई वटा क्षेत्रीय अधिवेशन पनि एकै पटक गर्दैछ ।
प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन पनि आजै जिल्ला अधिवेशनसँगै हुँदै छ । ३ गते क्षेत्रीय अधिवेशन तोकिएपनि कांग्रेसले आजका लागि क्षेत्रीय अधिवेशन सारेको थियो । जिल्ला र दुई निर्वाचन क्षेत्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
अधिवेशनका लागि सबै पालिकाबाट गाडि रिजर्भ गरेर कांग्रेसले नेता कार्यकर्ता सदरमुकाम ल्याउँदैछ । उद्घाटनपछि हुने बन्द शत्रबाट नयाँ नेतृत्व चुनिने बर्तमान सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । बराहटाकुरामै रहेको कभर्ड हलमा बन्द शत्र चल्ने कांग्रेसले जनाएको छ ।