जिल्लाको सबभन्दा पूरानो सडक हो राप्ती लोकमार्ग । त्रिवेणि गाउँपालिका र सल्यानको दार्मा गाउँपालिकाको सिमाना झुल्नेटादेखि मुसीकोट नगरपालिका १, सम्म यो सडक छ । सडक हिउँदमा धुलाम्य हुन्छ भने वर्षामा हिल्याम्य । खाल्डाखुल्डी परेको सडकले यात्रुले सास्ती त खेप्नुपर्छ नै सवारी साधनमा पनि क्षेती हुने गरेको छ ।
अब भने यो सडक मर्मत गर्न थालिएको छ । यति विल्डर्सले झुल्नेटादेखि सल्लेसम्मको १० किलोमिटर सडक मर्मतको जिम्मा लिएको छ । विग्रे भत्केको ठाउँमा मर्मत सुरु गरिएको विल्डर्सका प्रतिनिधि भिमराज केसीले जानकारी दिनुभयो । केसीका अनुसार सडक मर्मत पनि थालिएको छ ।
कुनै खण्ड पूरै निकालेर कालो पत्रे गर्न थालिलएको छ भने कुनै ठाउँमा मर्मतको मात्रै काम भइरहेको छ । डिभिजन सडक कार्यालय चौरजहारी रुकुम पश्चिमको ७ करोड बजेटमा उक्त काम भइरहेको हो । चैत्र महिनासम्म सबैतिरको काम सकिने निर्माण कम्पनीले जनाएको छ ।