नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका लगभग सबै वडामा वडा सम्मेलन सम्पन्न गरेको छ । केही वडा सम्मेलन सम्पन्न हुन बाँकी छ । अधिकांश वडाले सम्मेलन त गरे । तर यहाँको एउटा वडाले वडा सम्मेलनको अवसर पारी सम्मान गरेको छ । जनयुद्ध, जनयुद्ध अघि पार्टी र क्रान्तिमा योगदान गरेकालाई वडाले सम्मान गरेको हो । सहिद परिवार, जनमुक्ति सेना, महिला, दलित, जनसरकार प्रमुख लगायतलाई वडा पार्टीले सम्मान गरेको हो ।
निवर्तमान वडाध्यक्ष धनबहादुर खड्काले पार्टी वडा सम्मेलनको सन्दर्भमा अग्रज सबैलाई सम्मान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ६ जना सहिद परिवारलाई सम्मान गरिएको हो । प्रथम कम्युनिष्ट सहिद कामी बुढा सहिदहरु चक्राम बुढा, विजय परियार, विजय परियार, रुपलाल ओली, ओमप्रकाश केसी र हरिबहादुर ओलीका परिवारलाई सम्मान गरिएको हो ।
पूर्व जनमुक्ति सेनाका विग्रेड भाइस कमाण्डर सन्तोष खड्का, बटालिय कमाण्डर टेकबहादुर कठायत, सेक्सन कमाण्डर जानकी केसीलाई पनि पार्टीले सम्मान गरेको हो । २०४९ सालको चुनावमा गोलाकार भित्रको हसिया हथौडा चुनाव चिन्हमा निर्वाचन लडेर गाविस अध्यक्ष जितेका भिमबहादुर ओली, उपाध्यक्ष जितेका एक्कबहादुर खड्का, वडा सदस्यहरु जयराम खड्का, वडा सदस्यमा पराजित गणबहादुर कामी, चक्राम कठायतलाई पनि सम्मान गरिएको छ ।
जनयुद्धको क्रममा सञ्चातिल जन सत्ताको गाउँ जन सरकार प्रमुख टंकलाल घर्ती, जितबहादुर खड्का, उपप्रमुख शिवराम खड्का वडा जन सरकार प्रमुख मञ्जित खड्का, जयबहादुर खड्का, पञ्चराम बुढा, मोहलाल ओली, चक्रराम कठायत, नेत्रबहादुर रोकाय, इन्द्रबहादुर कुँवरलाई पनि सम्मान गरिएको छ । सबभन्दा पूराना सेल सेक्रेटरी दामोदर बुढा, विद्यार्थी संगठनका पूराना नेता चुडामणि रोकाय पनि सम्मानित हुनु भएको छ ।
तत्कालिन ९ नम्बर यरीया दलित अध्यक्ष हरिबहादुर परियार, जनयुद्धमा सहभागि भइ विभिन्न भूमिका गर्नुभएका जोखिमाय कठायत, शेरकुमार खड्का, भरत कठायतलाई पनि वडा पार्टीले सम्मान गरेको हो । मावि चुनवाङको २०३८ सालको मावि इकाई सचिव लायकराम खड्का, महिला आन्दोलनमा भूमिका खेलेका दिपा रावल र यमकुमारी खड्कालाई पनि सम्मान गरिएको निवर्तमान अध्यक्ष खड्काले जानकारी दिनुभयो । सम्मेलनले जितबहादुर खड्काको अध्यक्षतामा नयाँ वडा समिति निर्माण गरेको छ ।