रुकुम पश्चिममा ६ स्थानीय तह छन् । तीन नगर र तीन गाउँपालिका । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि जिल्लाका ६ स्थानीय तहको पार्टी निर्माण भयो । ६ वटै स्थानीय तहमा भागवण्डा लगाइयो । नगर वा गाउँ अध्यक्ष एउटाले र सचिव अर्कोले पाउने गरी भागबण्डा भयो । ६ मध्य १ नगर र १ गाउँपालिका अध्यक्ष तत्कालिन एमाले पक्षले लियो भने २ नगर र २ गाउँपालिका अध्यक्ष तत्कालिन माओवादीले लियो ।
जसमा दुवै पार्टीबाट १२/१२ गरी २४ जना पार्टीको स्थानीय तहको नेतृत्व तहमा छन् । एकता भएको धेरै समय नहुँदै पार्टी फुटिसक्यो । नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटेर दुई समूह आआफूलाई आधिकारी भएको दावी गर्दै हिडिरहेका छन् । नेता कार्यकर्ता आफूतिर तान्ने होड पनि चलेकै छ । विशेष गरी प्रचण्ड-माधव समूहको नेकपा र केपी ओली समूहको नेकपा छन् । यि दुवै कार्यकर्ता र नेता आ-आफ्नोमा पार्न लागि परेका छन् । यस जिल्लाका ६ स्थानीय तहका २३ जना पदाधिकारी प्रष्ट खुलिसकेका छन् । १ जना मौन बसेका छन् । २३ जनाले प्रचण्ड-माधव समूहको नेकपा नै आधिकारीक नेकपा भएको भनेर यसै समूहमा प्रष्ट लागिसकेका छन् । सानीभेरी गाउँपालिका सचिव मनबीर घर्ती भने हालसम्म पनि खुल्नु भएको छैन । प्रचण्ड-माधव र केपी ओली कसैको समूहमा घर्ती प्रष्ट लाग्नु भएको छैन ।
एकता अघिको एमाले तर्फबाट त्रिवेणि गाउँपालिका अध्यक्ष बनेका गणेश खड्का, आठबीसकोट नगरपालिका अध्यक्ष बनेका हरिप्रसाद शर्मा, मुसीकोट नगरपालिका सचिव बनेका दिपकराज खड्का, चौरजहारी नगरपालिका सचिव बनेका विरबहादुर राना र बाँफिकोट गाउँपालिका सचिव बनेका वेगमप्रसाद देवकोटा प्रचण्ड-माधव समूहको नेकपामा प्रष्ट लागेका हुन् । सानीभेरी गाउँपालिका सचिव घर्ती कतै खुलेका छैनन् । साविक नेकपा माओवादीबाट मुसीकोट नगरपालिका अध्यक्ष बनेका जयबहादुर पाण्डे, चौरजहारी नगर अध्यक्ष बनेका श्रीकृष्ण शर्मा र आठबीसकोट नगरपालिका सचिव बनेका रवि केसी प्रचण्ड माधव समूहमै लागेका छन् । बाँफिकोट गाउँपालिका अध्यक्ष बनेका कविराम खत्री, सानीभेरी गाउँपालिका अध्यक्ष बनेका टेकबहादुर पुन र त्रिवेणि गाउँपालिका सचिव बनेका सुन्दर ओलीले पनि प्रचण्ड -माधवको साथ छाडेका छैनन् ।
पार्टीका सबै स्थानीय तहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गर्दै त्यसका विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरिसकेका छन् । १४ गते जिल्ला सदरमुकाममा हुने विरोध प्रर्दशनमा व्यापक सहभागिता जाउने निर्णय गरेको आठबीसकोट नगर अध्यक्ष हरिप्रसाद शर्माले बताउनुभयो । प्रधानमन्त्री र राष्ट्रपतिबाट चालिएको पछिल्लो असंवैधानिक कदमका विरुद्ध केन्द्रीय कमिटिले गरेको निर्णय अनुसार विरोध प्रर्दशनमा व्यापक सहभागिता जनाउने निर्णय नगर पार्टीले गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । मुसीकोट नगरपालिका इन्चार्ज देवी ओलीले पुष १४ गते सदरमुकाममा व्यापक सहभागिता जाउने निर्णय गर्दै मुसीकोट नगर पार्टीको बैठक सकिएको जानकारी दिनुभयो ।