Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका झण्डै १२ सय जनाको आँखा परीक्षण

रुकुम पश्चिमका १ हजार १ सय ८६ जनाले आँखा परीक्षण गराएका छन् । आँखा उपचार केन्द्र सल्लेले रुकुम पश्चिमका विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा उपचार शिविर मार्फत उनिहरुको आँखा परीक्षण भएको हो । गत काक्तिक २८ गते बाँफिकोट गाउँपालिका वडा नम्बर ८ बाट सुरु भएको शिविरमा १ हजार १ सय बढिले आँखा परीक्षण गराएका हुन् ।

शिविर मुसीकोट नगरपालिका वडा नम्बर १३ मा पुगेर सकिएको छ । शिविरमा आँखा परिक्षण गराएकाको मध्यमा ३ सय २ जनामा मोतियाविन्दु देखिएको छ । जिल्लाका विभिन्न स्थानीय तहको आर्थिक सहयोग, आँखा अस्पताल रक्षाचौर, आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा ति ठाउँमा शिविर सञ्चालन भएको हो ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ८ मा १ सय ४ जनाको आखा परिक्षण गरिएकोमा २७ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । त्यस्तै बाँफिकोट गाउँपालिका वडा नम्बर ९ मा १ सय १४ जनाको परिक्षण गरिएकोमा ३४, मुसीकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङमा १ सय ८८ जनामा गरिएको परिक्षणमा ५३ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।

मुसीकोट नगरपालिका वडा नम्बर १३ मा १ सय ५० जनामा गरिएको परिक्षणमा ३५ जनामा, वडा नम्बर ६ झुलखेतमा १ सय ४३ जनामा गरिएको परीक्षणमा ३८ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । त्यस्तै त्रिवेणि गाउँपालिका वडा नम्बर २ मा १ सय ४४ जनामा गरिएको परीक्षणमा ३७ जनामा, वडा नम्बर १० मा १ सय ३८ जनामा गरिएको परीक्षणमा ३२ जनामा र सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा भएको शिविरमा २ सय ६ जनामा गरिएको परीक्षणमा ३८ जनामा मोतियाविन्दुको समस्या देखिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । 

विभिन्न ठाउँमा सञ्चालन गरिएको शिविरमा मोतिया विन्दुको समस्या देखिएकाहरुको लागि भोली मंसिर ७ गते र पर्सी ८ गते आँखा उपचार केन्द्र सल्लेमा निःशुल्क अप्रेशन शिविर सञ्चालन हुने प्रमुख केसीले जानकारी दिनुभयो । जिल्लाको चौरजहारी नगरपालिकामा भने यो भन्दा पहिले नै आँखा उपचार शिविर सञ्चालन गरी मोतिया विन्दुको निःशुल्क अप्रेशन भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update