नेपाली कांग्रेस रुकुम पश्चिमले नयाँ नेतृत्वका लागि भोली मात्रै प्रक्रिया सुरु हुने भएको छ । आज जिल्ला सदरमुकाम खलंगा स्थित बहराहटाकुरामा उद्घाटन शत्र सम्पन्न भएको छ । उद्घाटन शत्र समापन गर्दै जिल्ला सभापति प्रेमप्रकाश ओलीले निर्वाचनको प्रक्रिया भोली मात्रै सुरु हुने जानकारी गराउनुभयो । सहमति वा निर्वाचन प्रक्रिया जे गर्नु परेपनि भोलीबाट सुरु हुने सभापति ओलीले बताउनुभयो ।
सकेसम्म सहमतिबाट जिल्ला तथा क्षेत्रको नेतृत्व टुंग्याउने कोशिश गर्ने सभापति ओली बताउनुभयो । कांग्रेसले जिल्लाको सातौं जिल्ला अधिवेशन तथा दुई वटा निर्वाचन क्षेत्रीय कार्य समितिको पनि अधिवेशन एकै साथ हुने भएको छ । कांग्रेसका नेताका अनुसार सुरुमा निर्वाचन क्षेत्रको कार्य समिति, प्रदेश प्रतिनिधि टुंग्याउने र पछि जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि टुंग्याउने तयारी छ ।