नेपाली कांग्रेस रुकुम पश्चिमको सातौं जिल्ला अधिवेशन अन्तर्गतको बन्द शत्र अँझै सुरु भएको छैन । हिजो उद्घाटन शत्र गरेको कांग्रेसले आज विहानैबाट बन्द शत्र सुरु गर्ने बताएको थियो । तर अहिलेसम्म बन्द शत्र सुरु हुन सकेको छैन । एक क्षेत्रीय प्रतिनिधिले बन्द शत्र सुरु नभएको बताए । कतिबेला हुन्छ भन्ने पनि एकिन नभएको अन्यौल कायमै रहेको उनको भनाई छ ।
कांग्रेस निकट महिला संघले चियापान कार्यक्रम गरेकाले बन्द शत्र हुन ढिलाई भएको बताइएको छ । क्षेत्रीय प्रतिनिधि तारकप्रतिभा केसीले अरु कार्यक्रम जुधेकाले बन्द शत्र सुरु हुन ढिलाई भएको अब छिटै सुरु हुने जानकारी दिनुभयो । बन्द शत्रबाट जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्य समिति र प्रदेश प्रतिनिधि छनौट गर्ने तयारी छ ।
यी मध्य कतिमा सहमति भइसकेको बताइएपनि कुन कुन पदमा सहमति भयो भनेर बाहिर आइसकेको छैन । नेताहरु सहमतिका लागि अन्तिम कसरतमा छन् । सहमतिका लागि प्रयास भइरहेकाले पनि बन्द शत्र हुन ढिलाई भइरहेको बुझिएको छ । जिल्ला र क्षेत्रीय अधिवेशनका लागि कांग्रेसले १२ सय बढी क्षेत्रीय प्रतिनिधि छनौट गरेको छ ।