कांग्रेस रुकुम पश्चिमको बन्द शत्र सुरु
नेपाली कांग्रेस रुकुम पश्चिमको सातौं जिल्ला अधिवेशन अन्तर्गत बन्द शत्र सुरु भएको छ । सदरमुकाम खलंगा स्थित एक होटलमा बन्द शत्र सुरु भएको कांग्रेस वर्तमान सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । हिजो उद्घाटन भएको अधिवेशनको आज अवेर बन्द शत्र सुरु भएको हो ।
नयाँ नेतृत्व सहमतिबाटै छनौट गर्नुपर्नेमा लामो छलफल भएपछि बन्द शत्र सुरु हुन ढिला भएको बताइएको छ । बन्द शत्रका बोल्ने बक्ताहरुले सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
बन्द शत्रमा अहिले नयाँ योजना निर्माण, कार्यान्वयन र नीतिका विषयमा छलफल भइरहेको छ । बन्द शत्रपछि जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्य समिति र प्रदेश प्रतिनिधि छनौट गर्दै अधिवेशन सकिने छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८ १६:०९
प्रतिक्रिया दिनुहोस्