दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरमा रहेको गुरुकुल एमडेमीले रुकुम पश्चिमका केही विद्यालयहरुका शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर १ खंलगामा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा मुसीकोट नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालय, विजयाश्वरी सेकेन्डरी स्कुल, न्युमुनलाईट सेकेन्डरी स्कुल, वडा नम्बर १ मा रहेको सरस्वती माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा गुरुकुल एकेडेमी र कार्यक्रममा सहभागि रुकुम पश्चिमका विद्यालयले अनुभव आदानप्रदान गरेका छन् ।
कार्यक्रममा गुरुकुल एकेडेमीका उप–प्रधानाध्यापक मुकुन्द गिरीले गुरुकुलले भाषा, संस्कृती, रितिरिवाज, चाडवाड, भौगोलिक अवस्थाका बारेमा विद्यार्थीले एकआपसमा जानकारी लिन पाउने गरी हरेक ज्ञान साटासाट गर्नुपर्ने बताउनुभयो । गुरुकुल एकेडेमीका शिक्षक निमानन्द गैरेले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।