Kakhara सबैको खबर सम्पूर्ण खबर
ड्युटी सकियो भन्दै गन्तव्यमा यात्रु नपुर्याउने पाईलटलाई स्पष्टिकरण सोधियो
फाइल फाेटाे

काठमाण्डौबाट रुकुम पश्चिमका लागि उडेको नेपाल एअरलाइन्सको जहाजलाई नेपालगञ्ज अवतरण गराउने पाइलटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । आईतबार काठमाण्डौबाट सल्लेका लागि उडेको नेपाल एअरलाइन्सको ट्वीनअटर जहाजलाई पाइलट पेम्बा शेर्पाले आफ्नो ‘ड्युटी’ सकिएको भन्दै नेपालगञ्ज अवतरण गराएर अलपत्र पारेको यात्रुले गुनासो गरेका छन् ।

यात्रुको गुनासोपछि मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाइलट शेर्पालाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ  । मन्त्री आलेले कुनै पनि व्यक्तिले गैरजिम्मेवार भएर यात्रु अलपत्र पार्ने काम आफूलाई सह्य नहुने चेतावनी पनि दिएको मन्त्रालयले जनाएको छ ।

पाइलट शेर्पाले आफ्नो ड्युटी बेलुका ४ बजेसम्म मात्रै भएको भन्दै जहाजलाई रुकुम नपु¥याइ नेपालगञ्जमै अवतरण गराउनुभएको थियो । पाइलटले अलपत्र पारेपछि नेपालगञ्जमा रोकिएका यात्रुलाई हिजो बिहान रुकुम पु¥याइएको निगमले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update