Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपाको विरोध प्रर्दशन आज
केही दिन अघि नेकपा निकट युवा विद्यार्थी संगठनले गरेको विरोध प्रर्दशनमा सहभागिहरु ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुम पश्चिमले आज विरोध प्रर्दशन गर्दै छ । जिल्ला सदरमुकाम खलंगामा दिउँसो विरोध प्रर्दशनको तयारी नेकपाले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन गर्ने कदमका विरुद्ध नेकपाले जिल्लामा सशक्त प्रर्दशन गर्ने तयारी गरेको हो । जिल्लामा केही बाहेक अधिकांश नेकपाका कार्यकर्ता प्रचण्ड–माधव नेपाल समूहमा लागेका छन् । यही समूहले सदरमुकाममा प्रर्दशन गर्न लागेको हो ।

प्रर्दशनका लागि हरेक स्थानीय तहबाट नेता, कार्यकर्ता तथा समर्थक जिल्ला सदरमुकाम आउँदैछन् । पार्टीका ६ वटै स्थानीय तहले प्रधानमन्त्री र राष्ट्रपतिको कदमका विरुद्ध व्यापक प्रर्दशन गर्ने निर्णय यस अघि नै गरिसकेका छन् । सोही निर्णय अनुसार स्थानीय तहका पार्टी पदाधिकारीहरु कार्यकर्ता र समर्थक सहित जिल्ला आउदै छन् । जिल्ला अध्यक्ष गोपाल शर्माले सभा नभएर प्रर्दशन मात्रै भएकाले सिमित मात्रै मान्छे जिल्ला बोलाइएको बताउनुभयो ।

दिउँसो १२ बजेट प्रर्दशन सुरु हुने अध्यक्ष शर्माले बताउनुभयो । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक भएको ठहर सहित नेकपाले जिल्लामा विभिन्न संघर्षका कार्यक्रम तय गरेको छ । केन्द्रीय कमिटि गरेका कति कार्यक्रम कार्यान्वयन गरिने र जिल्लाका वस्तु स्थिति अनुसार पनि जिल्ला तथा स्थानीय तहमा विरोधका कार्यक्रम हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो । नेकपा जिल्ला कमिटिले पनि प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको घोषणा गरिसकेको छ । अध्यक्ष शर्मा र सचिव विमलकुमार पुनले सयुंक्त विज्ञप्ती जारी गरेर प्रधानमन्त्रीको कदम असंवैधानिक भएको र यसको कडा प्रतिवाद गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

विरोध प्रर्दशनमा जिल्ला इन्चार्ज राजकुमार शर्मा, सह इन्चार्ज वसन्तकुमार शर्मा, शेरबहादुर केसी, जिल्ला अध्यक्ष गोपाल शर्मा, सचिव विमलकुमार पुन लगायतको सहभागिता रहने जनाएको छ । यसैबीच रुकुम पूर्वको रुकुमकोटमा पनि विरोध प्रर्दशनको तयारी भइरहेको छ । नेकपा प्रचण्ड-माधव नेपाल समूहले रुकुमकोटमा दिउँसो विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका लागि नेता गणेशमान पुन रुकुमकोट पुगिसक्नुभएको छ । रुकुम पूर्वको जिल्ला कमिटि बैठकले प्रधानमन्त्रीको पछिल्लो कदमका विरुद्ध विरोध प्रर्दशन गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update