Kakhara सबैको खबर सम्पूर्ण खबर
जवरजस्ती करणीकाे आरोप लागेका फरार युवक ४ महिनापछि पक्राउ 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जवरजस्ती करणीको मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको आठबीसकोट नगरपालिका १० मारीकाट्टेका १९ वर्षिय खड्कबहादुर परियार पक्राउ परेका हुन् । घर नजिकै लुकेर वसेको अवस्थामा उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनले गत असार १८ गते राती अन्दाजी १ बजेको समयमा घरमा एक्लै सुतिरहेको अवस्थामा २४ वर्षिय विवाहित महिलालाई जवरजस्ती करणी गरेर फराह भएका थिए । पिडितले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले खोजतलास जारी राखेको थियो । उनलाई ४ महिनापछि पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।। 
 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update