Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम आउने जहाजलाई निर्णय गरेरै नेपालगञ्ज अवतरण गराईएको होः निगम
प्रतिकात्मक फोटो

नेपाल वायु सेवा निगमले रुकुम पश्चिम आउने जहाजलाई निर्णय गरेरै नेपालगञ्ज लगिएको जनाएको छ । गएको आइतवार रुकुमको सल्लेका लागि उडेको जहाजलाई पाइलटले ‘ड्युटी समय सकिएको’ भनेर नेपालगञ्जमा अवतरण गराएपछि निगमको आलोचना भएको थियो । 

तर निगमले भने व्यवस्थापनको निर्णयअनुसार नै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । गएको आइतवार बिहान सवा ६ बजे काठमाण्डौबाट उड्नुपर्ने जहाज मौसमका कारण उड्न नसकी रद्द गरिएकोमा मौसममा सुधार आएपछि फेरि यात्रुलाई खबर गरेर दिउँसो २ बजेर ५८ मिनेटमा जहाज उडेको निगमले जनाएको छ ।

बिहान सवा ५ बजेदेखि ड्युटीमा रहेका पाइलटले जहाजलाई सल्ले पु¥याउँदा आफ्नो ड्युटी गर्ने समय सकिने भएकाले नेपालगञ्ज लैजाने निर्णय काठमाण्डौमै भएको निगमले जनाएको छ । हवाई उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन÷नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको कारण त्यस दिन रुकुम उडान नगर्ने निर्णय भएको निगमको भनाइ छ ।

रुकुम पश्चिम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाण्डौमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्याएर रुकुम पश्चिम जाने यात्रुहरूलाई निगमको नियमअनुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पश्चिम पुर्याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि रहेको निगमको दाबी छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update