रुकुम पश्चिम खलंगामा आयोजित जिल्ला स्तरीय खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता भावेश बोहरा र सिदार्थ केसीले जितेका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टी पुनर्गठन दिवशको सन्दर्भमा आयोजना गरेको प्रतियोगिता भावेश र सिदार्थको जोडिले जितेको हो । अनिल बुढा र ध्रुवविक्रम थापाको जोडिलाई २-० सोझो सेटमा हराउँदै यो जोडी विजेता बनेको हो ।
विजेता जोडिलेनगद १२ हजारका साथमा प्रमाण पत्र उपविजेता ले नगद ८ हजारका साथमा प्रमाण पत्र हात पारेको छ । सेमिफाइनल पुगेका विशाल विष्ट र मनिष खड्का तथा भानु सुनार र मदन विसिको जोडिले नगद ३र३ हजारका साथमा प्रमाण पत्र हात पारेका छन् । प्रतियोगितामा३१ जोडिले सहभागिता जनाएका थिए ।
एक कार्यक्रमका विच स्थान हाँसिल गर्ने प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिएको छ । नेकपाका जिल्ला कार्यालय सदस्य मोतीराम खड्काको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाको प्रमुख उपस्तिथि रहेको थियोे । कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका जिल्ला सचिव तथा नेकपाका जिल्ला सदस्य धनु ओलीले गर्नुभएको थियो ।