रुकुम पश्चिमका व्यवसायी मित्रलाल बोहरा १० औं कर दिवसको अवसरमा उत्कृष्ट करदाताका रुपमा सम्मानित हुनुभएको छ । दिवसका अवसरमा आज जिल्ला सदमुकाम मुसीकोट खलंगामा आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दाङले बोहरालाई जिल्लाको उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
हार्डवयर व्यवसायी बोहराले आर्थिक वर्ष २०७७/०७८ मा रुकुम पश्चिमबाट सबैभन्दा बढी कर तिर्नुभएको थियो । वर्षभरीमा कर तिर्ने करदाताहरु मध्ये सबैभन्दा बढी कर तिर्नेलाई सम्मान गर्ने कार्यक्रम अनुसार बोहरालाई आन्तरिक राजश्व कार्यालयले सम्मान गरेको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्काले जानकारी दिनुभयो ।
बोहरालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो । दिवसको अवसरमा कर प्रशिक्षण समेत सञ्चालन गरिएको छ । जिल्ला सदरमुकामस्थित व्यवशायिहरुलाई कर सम्बन्धी आन्तरिक राजश्व कार्यालय दाङका कर प्रमुख गोपिकृष्ण कोइरालाले प्रशिक्षण दिनुभएको थियो ।
दिवसको अवसरमा रुकुम उद्योग बाणिज्य संघको सहकार्यमा आन्तरिक राजश्व कार्यालय दाङ र कर सहायता कक्ष श्रीनगरले संयुक्त रुपमा करदाता सम्मान र कर प्रशिक्षण कार्यक्रम संचालन गरेका थिए ।