नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्ला कार्य समिति सहिद दुई प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्य समिति पनि चयन गरेको छ । सातौं जिल्ला अधिवेशन मार्फत दुवै क्षेत्रका क्षेत्रीय कार्य समिति सर्वसम्मत चयन गरिएको हो । क निर्वाचन क्षेत्रीय सभापतिमा महेन्द्र केसी र ख निर्वाचन क्षेत्रीय सभापतिमा भद्रबहादुर विष्ट चयन हुनु भएको छ ।
क निर्वाचन क्षेत्रको उप सभापतिमा रामबहादुर चन्द र टिकाराम शाही सचिवमा इन्द्रबहादुर खत्री र लालबहादुर भण्डारी तथा सह सचिवमा टेकबहादुर बुढाथोकी र महेन्द्र पाण्डे चयन हुनु भएको छ ।
ख निर्वाचन क्षेत्रको उप सभापतिमा कमलजंग विक र हरिबहादुर खड्का, सचिवमा महेश ओली र इन्द्रबहादुर खड्का चयन हुनु भएको छ । सह सचिवमा शक्तिबहादुर शाह र रामबहादुर खड्का चयन हुनु भएको छ । दुवै निर्वाचन क्षेत्रको बाँकी कार्य समिति भने चयन गरिएको छैन ।