रुकुम पश्चिमको त्रिवेनी गाउँपालिका वडा नम्बर २ को बादरपानीमा विद्युतीय घट्ट सन्चालनमा आएको छ । यो घट्ट सञ्चालनमा आएसँगै स्थानीयलाई सहज भएको छ । घट्ट सन्चालक भुपबहादुर बुढाथोकीका अनुसार विद्युतीय घट्ट सन्चालनमा आए छि अन्न्न पिस्नको लागि स्थानीयसँगै छिमेको टोल गैरिनेटा, बेतखोला, मुसिकोट नगर पालिका ११ खर्चिबाङ लगायत नजिकै भएकाले छिमेकी जिल्ला रोल्पाको परिवर्तन गाउँपालिका हल्हलेबाट पनि अन्न्न पिस्न आउने गरेका छन् ।
करिब ५ लाख ८२ हजार लागतमा घट्ट सन्चालनको लागि प्रयोग हुने मेसिनरी सामान लगायत उक्त घट्ट को भवन निर्माण भएको उहाँले जानकारी दिनुभयो । विद्युतीय घट्ट सचालन आएसँगै दैनिक घट्टले २ मुरी अर्थात ४० पाथी पिस्ने गरेको र विद्युत कहिले कसो अनियमित हुँदा घट्ट सञ्चालन गर्दा समस्या हुने गरेको घट्ट सन्चालक बुढाथोकीको भनाई छ। गाउँमै विद्युतीय घट्ट सन्चालनमा आएपछी अन्न पिस्न को लागि टाढा जान्नुँ नपर्ने, समयको पनि बचत हुने भएपछि स्थानीय खुसी भएका छन् ।