Kakhara सबैको खबर सम्पूर्ण खबर
अर्थमन्त्री जनार्दन शर्माद्धारा दुध उद्योगको शिलान्यास
दुध उद्योगको शिलान्यास गर्दै अर्थमन्त्री जनार्दन शर्मा ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ मा दुध उद्योगकको शिलान्यास गरिएको छ । जगमा इट्टा राखेर अर्थमन्त्री जनार्दन शर्माले मुसीकोट १२ को चिसापानी भन्ने ठाउँमा बन्न लागेको दुध डेरीको शिलान्यास गर्नुभएको हो । उद्योगको शिलान्यास गर्दै अर्थमन्त्री शर्माले उद्योग निर्माण भएमा दैनिक जिल्लाका विभिन्न ठाउँबाट दुध संकलन गरिने र हात हातै कृषककोमा पैसा जाने बताउनुभयो । जतिसक्दो छिटो उद्योग संचालनमा ल्याउन उहाँले आग्रह गर्नुभएको छ । 

साथै उहाँले यो उद्योगले जिल्लाको समृद्धिका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उद्योगका लागि जग्गा खरिद देखि जमिन सम्याउने, खोलमा तटबन्द निर्माण गर्ने लगायतका काम यसअघि नै भइसकेका छन् । अव उद्योगका लागि आवश्यक संरचना निर्माण हुने छन् । भवन निर्माणको पहिलो चरणको काम गर्ने गरी ठेक्का लागिसकेको छ । ६ महिनामा काम सक्ने गरी ठेक्का लागेको र उद्योगको आज शिलान्यास भएसंगै अव निर्माणको काम धमाधम सुरु हुने स्यार्पू कृषि कम्पनीले जनाएको छ । 

उद्याेग यस्ताे बन्दै छ ।

स्यार्पू पावर कम्पनी लिमिटेडको सहायक कम्पनी स्यार्पू कृषि कम्पनी लिमिटेडको लगानीमा दुध उद्योग निर्माण हुन लागेको हो । जिल्लाको कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्ने तथा समग्र जिल्लाको आर्थिक गतिविधिलाइ चलायमान बनाउने उद्देश्यका साथ अर्थमन्त्री एवं रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको परिकल्पनामा दुध उद्योग निर्माण हुन लागेको हो ।उद्योगमा प्रतिदिन ४० हजार लिटर दूध प्रशोधन गरेर छुर्पी र फेलबर मिल्क उत्पादन गर्ने लक्ष्य राखिएको छ । उद्योगका लागि साढे १५ रोपनी जग्गा खरिद गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update