नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष राजकुमार शर्माले आफुहरु अहिलेपनि युद्धमै रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र चौरजहारीको दोस्रो नगर सम्मेलन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा हतियार उठाउनु मात्रै युद्ध नभएको भन्दै शर्माले प्राप्त उपलब्धिको रक्षाका लागि माओवादी अहिले पनि युद्धमा रहेको बताउनुभयो ।
लामो संघर्ष र ठुलो बलिदानीबाट प्राप्त भएका उपलब्धी रक्षा गर्नु अहिलेको सबैभन्दा ठुलो अभिभारा माओवादीका काँधमा रहेको उहाँको भनाई थियो । परिवर्तनको संक्कली आमा माओवादी भएको र त्यसको नेतृत्व प्रचण्डले गरिरहेको उहाँको भनाई छ । सक्कली आमालाई मात्र सन्तानको माया हुने भएकाले अरु पार्टीको अहिलेको परिवर्तनमा खासै माया नरहेको टिप्पनि समेत उहाँले गर्नुभएको थियो ।
जनता विकास र प्राप्त उपलब्धीको रक्षाका लागि लालायित रहेको उहाँले बताउनुभयो । नेपाली जनताको सुःख र समृद्धिका लागि आफुहरु संघर्षशिल रहेको उहाँले स्पस्ट पार्नुभयो । ‘गरिबि, विभिन्न नाममा हुने विभेद कायमै छन्, पञ्चायत कालमै बनेका ऐन कानुनहरु अझैपनि बाँकी छन्, उहाँले भन्नुभयो–हाम्रो युद्ध अझै जारी छ, समाजवाद नआउञ्जेलसम्मका लागि हाम्रो युद्ध जारी नै रहन्छ ।’ आफुहरु जनताको सेवक भएको भन्दै उहाँले जनता मालिक रहेको बताउनुभएको थियो ।