रुकुम पश्चिमको चौरजहारी नगरपालिमा आयोजित एक कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा समाजवादी त्यागेर केहीले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको नगर सम्मेलनमा २० जनाले विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनिहरुलाई माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा अर्थ मन्त्री जनार्दन शर्माले पार्टी प्रवेश गराउनु भएको हो ।
पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले नगर कमिटि सदस्य तथा दलित मुक्ति समाजका जिल्ला सह सचिव मंगल परियार, नगर कमिटि सदस्य अशोक विक, पदम शर्मा, देउराम परियार, प्रविन सुनार छन् । एमाले टोल कमिटि सदस्य डन्नविर विक, एमाले समर्थक कमला शर्मा, रामप्रसाद शर्मा, पार्वती शर्मा, लिलु जैसी, भद्रबहादुर शर्मा र उत्तर शर्मा, मनबहादुर ओलीले पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा समाजवादीका जिल्ला सल्लाहकार खड्कबहादुर चन्दले पनि सोही कार्यक्रम मार्फत माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका दिपेश ओली, कुलबहादुर डाँगी, इन्द्रबहादुर डाँगी, लोकेन्द्र थापा, कविराम कामीले पनि माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य खुमबहादुर खड्काले जानकारी दिनुभयो ।