Kakhara सबैको खबर सम्पूर्ण खबर
संघर्षबाट प्राप्त अधिकारको भरपुर उपयोग हुनुपर्छः अर्थ मन्त्री शर्मा

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले संघर्षबाट प्राप्त अधिकारको भरपुर उपयोग हुनुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र रुकुम बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै विभिन्न संघर्ष र आन्दोलनबाट प्राप्त उलब्धिको रक्षा, आन्दोलनबाट प्राप्त अधिकारको उभोग सबैले पाउनुपर्नेमा जोड दिनुभयो ।

जनयुद्ध, जनआन्दोलन लगायतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई अब रोजगारीमा जोड्नुपर्नेमा उहाँले बताउनुभयो । अब विद्रोहबाट प्राप्त गरेको अधिकार रक्षा गर्दै समृद्धि र विकासका लागि लाग्नुपर्ने समय आएको उहाँले बताउनुभयो । नेपाल सरकारका अर्थ मन्त्री समेत रहनुभएका शर्माले श्रम, रोजगार र उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । आफैसित भएको स्रोत, साधन र सिपको उपयोग गरेर आफूलाई रोजगार, स्वरोजगारतर्फ लैजान थालिएको भन्दै अब यसलाई गति दिनुपर्ने उहाँले बताउनुभयो ।  रोजगार, स्वरोजगार र उत्पादनका लागि व्यक्ति, समूह, सहकारी, राजनीतिक दल, भातृ संस्था लागिपर्नुपर्नेमा उहाँको जोड छ ।

जिल्लामा उद्योगधन्दा थपिने क्रम जारी रहेको छ । उत्पादन भएको चिजले बजार नपाउने समस्या नहुने शर्माले बताउनुभयो । श्रम गरेपछि घरघरमा पैसा आउन समय नलाग्ने भन्दै उहाँले आफै रोजगार, स्वरोजगार बन्न, बनाउनका लागि स्थानीय सरकारले अनुदान दिने, बैंकहरुले ऋण दिने व्यवस्था गरिएको बताउनुभयो । सम्मेलनले आधारभुत कुरा पारी गर्नुपर्छ । आधारभुत तहको निर्णय गर्नका लागि पार्टीका सम्मेलन केन्द्रीत हुुनुपर्छ भन्दै उहाँले विभिन्न आन्दोलन पश्चात अब गरीबी अन्त्यका लागि स्पस्ट योजना बनाउन पार्टी सम्मेलन केन्द्रीत हुनुपर्ने बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update