नेकपा माओवादी केन्द्र सानीभेरीको अध्यक्षमा ‘पृथ्वी’
नेकपा माआवादी केन्द्र सानीभेरी गाउँपालिकाको नयाँ नेतृत्व चयन भएको छ । मंसिर १० गते सुरु भएको दोस्रो पालिका सम्मेलनबाट भुपालसिंह ओली ‘पृथ्वी’को अध्यक्षतामा ५५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्माण भएको हो ।
सबै पदाधिकारी सर्वसम्मत निर्वाचित भएको नेकपा माओवादी केन्द्र सानीभेरीले जनाएको छ । गाउँ कमिटीको उपाध्यक्षमा मोतिराम रोका, सर्वजित घर्ती मगर र धर्म पुन मगर ‘साहित्य’, सचिवमा टेकबहादुर पुन ‘बिशाल’ र सहसचिवमा सरस्वती बि.क र कोषाध्यक्षमा ईन्द्रा ओली चयन हुनुभएको छ ।
सम्मेलनको मंसिर ९ गते नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले उद्घाटन गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८ ११:३९
प्रतिक्रिया दिनुहोस्