Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेस एमाले छाडेर ३ सय ३६ जनाले गरे माओवादीमा प्रवेश

नेपाली कांग्रस र नेकपा एमालेका जिल्ला स्तरीय नेताहरु माओवादी भएका छन् । नेकपा माओवादी केन्द्र आठबीसकोट नगरपालिका रुकुम पश्चिमको दोस्रो नगर सम्मेलन मार्फत ति नेताहरुले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनिहरुलाई माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले पार्टी प्रवेश गराउनु भएको हो ।

नेपाली कांग्रेस निकट नेपाल दलित संघका जिल्ला सचिव तथा कांग्रेसका पूर्व जिल्ला कार्य समिति सदस्य कविराम सिर्पाली, युवाहरु प्रकाश यरी, गोपाल यरी, नेकपा एमाले निकट किसान महासंघ रुकुम पश्चिमका अध्यक्ष तथा एमाले आठबीसकोट नगर कमिटि सह इन्चार्ज केशव शाही पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्र आठबीसकोट नगरपालिकाले नगर सम्मेलनका आवसरमा ३ सय ३६ जना कांग्रेस तथा एमालेका नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ । प्रवेश गर्नेमा नेपाली कांग्रेसको पूर्व जिल्ला कार्य समिति सदस्य टेकबहादुर मल्ल, आठबीसकोट नगर कार्य समिति सदस्य दिपक बटाला, नगर कार्य समिति सदस्य इन्द्रकुमार मल्ल छन् ।

नेकपा एमालेबाट नगर कमिटि सदस्य हरिजंग मल्ल, नगर कमिटि सदस्य खम्मे कामी, नगर कमिटि सदस्य ललिता खड्का, वडा कमिटि सदस्य तिलक शाही, रामकुमारी चन्द, पुनि कामी, तिलबहादुर खड्का, रोशन घर्ती, रामबहादुर शाही, गोपाल विक, सर्जन शाही, शुशिला थापा, कुमारी घर्ती, सर्जन शाही, शुशिला थापा, सेरबहादुर सेन लगायतका माओवादीमा प्रवेश गरेका छन् । कांग्रेस ९ नम्बर वडा तरुण दल अमृत बटाला लगायत पनि माओवादीमा प्रवेश गरेका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update