Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटको नेतृत्वमा कमाण्डर

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम अन्तर्गत मुसीकोट नगरपालिकामा नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वमा कमाण्डरको बाहुल्यता छ । दोस्रो नगर सम्मेलनले जनमुक्ति सेनाको पूर्व कमाण्डरको नेतृत्वमा नगर समिति बनाएको छ । उपाध्यक्ष लगायत अरु पदाधिकारी तथा सदस्यमा पनि पूर्व कमाण्डर छन् ।

अध्यक्षमा धिरण शेर्पाली, उपाध्यक्षमा बुद्धिबप्रसाद बुढा, उपाध्यक्षमा दलबहादुर खड्का, निर्मलकुमार पुन चयन हुनु भएको छ । सचिवमा शुशिल गौतम, सह सचिवमा नविन ओली र कोषाध्यक्षमा जोखिमाया कठायत चयन हुनु भएको छ । अध्यक्ष शेर्पाली कम्पनी कमाण्डर उपाध्यक्ष बुढा र पुन बटालियन कमाण्डर सह सचिव ओली बटालियन सहायक कमाण्डर हुनुहुन्थ्यो ।

सम्मेनले ६५ सदस्यीय नगर समिति सदस्य चयन गरेको छ । यस अघि सचिव रहेका शेर्पाली दोस्रो सम्मेलनबाट अध्यक्ष बन्नुभएको हो । यस अघिको अध्यक्ष जयबहादुर पाण्डेले अब मुसीकोट नगरपालिकाको नेतृत्व हस्तान्तरण गर्नुभएको छ । पाण्डेको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य वसन्तकुमार शर्माको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update