Kakhara सबैको खबर सम्पूर्ण खबर
गणेश खड्काको अध्यक्षतामा माओवादी केन्द्र त्रिवेणि गाउँपालिका समिति

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम त्रिवेणि गाउँपालिकाको अध्यक्षमा गणेशबहादुर खड्का निर्वाचित हुनुभएको छ । दोस्रो गाउँ कमिटीले खड्काको अध्यक्षतामा सर्वसम्मत ५५ सदस्यीय नयाँ गाउँ कमिटी निर्माण गरेको छ । 

खड्का नेकपा एमाले र नेकपा माओवादीको एकता भएर बनेको तत्कालिन नेकपाको पनि पालिका अध्यक्ष हुनुहुन्थ्यो । जिल्लामा भागबण्डाका आधारमा पालिका कमिटी निर्माण हुँदा उहाँ एमालेको कोटाबाट अध्यक्ष बन्नुभएको थियो । पछि सर्वोच्चले एमाले र माओवादीलाई आफ्नै ठाउँमा फर्काउने फैसला गरेपनि उहाँ एमालेमा फिर्ता नभई माओवादीमा बस्नुभएको थियो । 

त्यसपछि उहाँलाई माओवादीले गाउँपालिकाको अध्यक्ष बनाएको थियो । अहिले पनि उहाँ नै अध्यक्ष बन्नुभएको हो । जसको उपाध्यक्षमा सुन्दर ओली, कर्णबहादुर खड्का र टेकबहादुर ओली रहनुभएको छ । त्यस्तै सचिवमा चन्द्रबहादुर खड्का, सह सचिवमा जनककुमार विश्वकर्मा र कोषाध्यक्षमा निर्मला बिष्ट निर्वाचित हुनुभएको छ । 

पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले मंसिर १० गते सिम्रुतुमा सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलन अन्तरगत संचालन भएको बन्द सत्रले सर्वसम्मत रुपमा गाउँ कमिटी निर्माण गरेको हो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update