हर्क कामीको अध्यक्षमा माओवादी केन्द्र पुथाउत्तरगंगाको पालिका समिति
नेकपा माओवादी केन्द्र रुकुम पूर्व पुथाउत्तरगङगा गाउपालिकाको सम्मेलन पनि सम्पन्न भएको छ । २ दिनसम्म चलेको सम्मेलनबाट हर्क कामीको अध्यक्षतामा सर्वसम्मत ५५ सदस्यीय गाउँ समिति गठन गरिएको नेकपा माओवादी केन्द्र रुकुम पूर्वका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य तेजबहादुर ओलीले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा जनक छन्त्याल, दिलकुमारी बुढा र गंगाबहादुर पुन रहनुभएको छ । सचिवमा भीम मल्ल, सह सचिवमा टिकासाइ धर्ती र कोषाध्यक्षमा मनिप्रसाद पुन सर्वसम्मत निर्वाचित भएको केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज ओलीले बताउनुभयो । सम्मेलनको ओलीले नै उद्घाटन गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८ ११:२१
प्रतिक्रिया दिनुहोस्