नेकपा माओवादी केन्द्र भूमेको नयाँ नेतृत्व पनि सहमतिमा चयन
नेकपा माओवादी केन्द्र रुकुम पूर्वको भूमे गाउँपालिकाको नयाँ नेतृत्व सहमतिमा चयन गरिएको छ । पालिकाको दोस्रो सम्मेलनले रुपधन कामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका समिति गठन गरेको हो । जसको उपाध्यक्षमा सबिना बुढा, नमिता पुन र लिलाप्रसाद सुनार चयन हुनुभएको छ । सचिब नारायण पुन र सह सचिबमा ओमकुमारी राना चयन हुँदा कोषाध्यक्षमा टेकप्रशाद बुढा चयन भएको नेकपा माओवादी केन्द्र भूमे गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८ १३:१४
प्रतिक्रिया दिनुहोस्