Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वका तीन वटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व 
गाउँपालिका सम्मेलन पूर्व भूमे गाउँपालिकामा निकालिएको र्याली ।

राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले एकै पटक देशभरका स्थानीय तहहरुको सम्मेलन गरिरहेको छ । जसअन्तरगत रुकुम पूर्वमा तीन वटै स्थानीय तहको नेतृत्व चयन भएको छ । पालिका सम्मेलनबाट जिल्लाका तीन वटै स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ । 

सिस्ने गाउँपालिकामा मनसराम खड्का भिक्टरको अध्यक्षतामा ६ जना पछि थप्ने गरी ५५ सदस्यीय गाउँपालिका समिति चयन गरिएको छ । उपाध्यक्षमा गोवरधन बुढामगर, शान्तेबहादुर बिक र भद्री थापा, सचिवमा कर्णबहादुर खत्री, सह सचिवमा रेवन खड्का र कोषाध्यक्षमा कलबहादुर खड्का चयन हुनुभएको छ । 

जिल्लाको भूमे गाउँपालिकाको नयाँ नेतृत्व पनि सहमतिमै चयन गरिएको छ । पालिकाको दोस्रो सम्मेलनले रुपधन कामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका समिति गठन गरेको हो । जसको उपाध्यक्षमा सबिना बुढा, नमिता पुन र लिलाप्रसाद सुनार चयन हुनुभएको छ । 

सचिब नारायण पुन र सह सचिबमा ओमकुमारी राना चयन हुँदा कोषाध्यक्षमा टेकप्रशाद बुढा चयन भएको नेकपा माओवादी केन्द्र भूमे गाउँपालिकाले जनाएको छ । त्यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा हर्क कामीको अध्यक्षतामा नयाँ गाउँपालिका समिति गठन गरिएको छ । 

जसको उपाध्यक्षमा जनक छन्त्याल, दिलकुमारी बुढा र गंगाबहादुर बुढा, सचिव भिम मल्ल, सह सचिव टीकासाई घर्ती र कोषाध्यक्षमा मनिप्रसाद पुन रहेको बताईएको छ । जिल्लाका सबै स्थानीय तहमा मंशिर ११ गते नेकपा माओवादी केन्द्रको पालिका सम्मेलन उद्घाटन भएको थियो ।। 
 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update