Kakhara सबैको खबर सम्पूर्ण खबर
माग पूरा नभए फेरि सत्याग्रह सुरू गर्ने रूकुम पूर्वबाट डा. केसीकाे चेतावनी

रुकुम पूर्वमा आएर सर्वसाधारणको स्वास्थ्य उपचार गर्दै आउनु भएका डा.गोविन्द केसीले फेरी सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । जिल्लाको सिस्ने गाउँपालिका स्थित रुकुम पूर्व अस्पतालमा विरामीको उपचार गर्दै आउनु भएका डाक्टर केसीले  बिहिबार एक बिज्ञप्ती मार्फत सरकारसँग पाँच बुदे माग राख्दै सत्याग्रह गर्ने चेतावनी दिनुभएको हो ।

चिकित्शा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आउनु भएका डाक्टर केसीले सरकार समक्ष खगेन्द्रप्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गर्न, नर्सिङ लगायतका विषय कलेजहरुबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरु कार्यान्वयन गर्नुपर्ने माग राख्नुभएको छ । बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीलाई बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाउनु पर्ने समेत उहाँको माग छ ।

बिज्ञप्तीमा केही महिना अगाडि सत्याग्रह घोषणा गरेकोमा प्रधानमन्त्री देउवाले पाँच बुँदे प्रतिबद्धता गरेपछि त्यसलाई स्थगित गरेको तर सार्वजनिक पदमा स्वार्थको द्वन्द्व रोक्ने कानुन निर्माण तथा पदाधिकारी नियुक्तिको नयाँ मापदण्ड निर्धारण लगायतका प्रतिबद्धता हालसम्म पनि पूरा नभएकोमा गम्भीर आपत्ति प्रकट गरिएको छ ।।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update