Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट २ मा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा २५ घाईते 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका २ को बरेलीबजार नजिकै जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाईते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ को पिपलमा जन्ति लिएर गई मुसीकोट नगरपालिका १ को घिमाने तर्फ फर्किदै गरेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको हो । 

मुसीकोट नगरपालिका वडा नम्बर २ को बरेलीबजार नजिकै भएको बस दुर्घटनामा परी २५ जना बढी घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाईतेलाई उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डकेन्द्र शर्माले जानकारी दिनुभयो । 

दुर्घटनामा परी अहिलेसम्म कसैको ज्यान भने नगएको प्रहरीले जनाएको छ । पानी परेका कारण सडक चिप्लो भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले घाइतेहरुको उद्धार चलिरहेको र थप विवरण आउन बाँकी रहेको छ ।  


 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update