Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकाेट दुर्घटनाः १ जनाकाे मृत्यु

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका १ घिमानेका ६५ वर्षिय बुदुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा सल्यानको सल्लिबजारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भिर घाइते भएका मध्ये ५ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा खड्काको बाटोमै मत्यु भएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । मुसीकोट २ को बरेली बजार नजिकै हिजो साँझ भएको बस दुर्घटनामा घाइते भएका मध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र ४ जनालाई नेपालगञ्ज पठाईएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ को पिपलबाट जन्ति लिएर मुसीकोट १ को घिमाने तर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस वडा नम्बर २ को बस बरेली बजार नजिकै दुर्घटना भएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update