Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेसका वडा उप-सभापति घर्ती माओवादीमा प्रवेश

नेपाली कांग्रेस रुकुम पश्चिम त्रिवेणि गाउँपालिका वडा नम्बर ६ का उप सभापति मोहबिर घर्ती नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । घर्ती मंगलबार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । घर्तीलाई नेकपा माओवादी केन्द्र त्रिवेणि ६ का वडा इन्चार्ज तथा पालिका सदस्य नरसिंह पुन, पालिका सदस्यहरु राजेन्द्र पुन, गंगा बिक र जानकी दलामी लगायतले टीका र माला लगाएर पार्टी प्रवेश गराउनुभयो । पार्टी वडाको दोस्रो बैठक मार्फत घर्ती माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र त्रिवेणि ६ ले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update