Kakhara सबैको खबर सम्पूर्ण खबर
बस दुर्घटनाका घाइतेलाई निःशुल्क नेपालगञ्ज पुर्याइयो  

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ मा भएको बस दुर्घटनामा घाइते भएका मध्ये एक घाइतेलाई थप उपचारका लागि निःशुल्क रुपमा नेपालगञ्ज लगिएको छ । कृष्ण कुमार ददेल यातायात प्रालिका संचालक कृष्णकुमार ददेलले निःशुल्क रुपमा नेपालगञ्ज पुर्याउनुभएको हो । 

बस दुर्घटनामा घाईते भएकाहरुलाई जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकामा एक जना घाईतेलाई आफुले निःशुल्क रुपमा नेपालगञ्ज पुर्याएको ददेलले बताउनुभयो । रुकुम पश्चिमबाट नेपालगञ्जसम्मका लागि १७ हजार भाडा लाग्ने गरेपनि आफुले निःशुल्क लिएको उहाँको भनाई छ । 

दुःखको बेलामा सहयोग पुगोस भनेर आफुले निःशुल्क रुपमा एम्बुलेन्स मार्फत घाईतेलाई जिल्ला अस्पताल रुकुम पश्चिम देखि नेपालगञ्जसम्म पुर्याएको उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update