Kakhara सबैको खबर सम्पूर्ण खबर
जवरजस्ती करणिको आरोपमा फरार युवक डेढ वर्षपछि आफैं अदालतमा उपस्थित 
आफैं अदालतमा उपस्थित भएका लोकेन्द्र ।

जवरजस्ती करणिको आरोप लागेका एक युवक डेढ वर्षपछि आफैं जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित भएका छन् । १६ वर्षिया किशोरीलाई जवरजस्ती करणिको आरोपमा चौरजहारी नगरपालिका ५ लहरेसिमलका २१ वर्षिय लक्ष्मण हमाल डेढ वर्षदेखि फरार थिए । २०७७ को असार ८ गते राती अन्दाजी ११ बजेको समयमा किशोरीलाई जवरजस्ती करणी गरी उनी फरार रहेका थिए ।

उनी विरुद्ध प्रहरीमा उजुरी परेको थियो । तर उनी डेढ वर्षसम्म पक्राउ पर्न सकेका थिएनन् । डेढ वर्षपछि भने उनी मंसीर २१ गते आफैं जिल्ला अदालतमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डकेन्द्र शर्माले जानकारी दिनुभयो । २१ गते हाँजिर भएका उनको बयान नसकिएपछि आज उपस्थित गराउने गरी जिल्ला अदालतले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update