Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादीका ३४ विभागमा रुकुम पश्चिम र पूर्वबाट को को परे

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले विभिन्न ३४ विभाग गठन गरेको छ । पार्टीका नेतालाई समेटेर माओवादीले केन्द्र स्तरीय विभिन्न विभाग बनाएको छ । विभागमा रुकुम पश्चिम र रुकुम पूर्वबाट ति विभागमा २१ जना नेताहरु परेका छन् । यी दुई जिल्लाले दुई वटा विभागको प्रमुख समेत पाएका छन् ।

संगठन विभागको प्रमुखमा जनार्दन शर्मालाई बनाइएको छ भने युवा तथा खेलकुद विभागको प्रमुखको जिम्मेवारी गणेशमान पुनलाई दिइएको छ । यो बाहेकका अरु विभिन्न विभागमा यि दुई जिल्लाका नेताहरु परेका छन् । प्रचण्ड प्रमुख रहेको पार्टी स्कुल विभागमा कमला रोका र महेन्द्र केसी सदस्य हुनुहुन्छ ।

गोपाल शर्मा अर्थ तथा योजना विभागको सदस्य हुनुहुन्छ भने प्रेमकुमारी सुनार उपभोक्ता हित तथा आपूर्ति विभागको सदस्य हुनुहुन्छ । धनबहादुर केसीलाई खानेपानी तथा सरसफाई विभागको सदस्य बनाइएको छ भने भक्तबहादुर पुन जलस्रोत सिचाई तथा उर्जा विभागको सदस्य बन्नुभएको छ ।

गोविन्द रोका, ओपेन्द्र शर्मा, लक्ष्मी पुन र ध्रुवविक्रम बुढाथोकीले प्रचार तथा प्रशारण विभागको सदस्यको जिम्मेवारी पाउनुभएको छ । सुवोधराज सेर्पाली युवा तथा खेलकुद विभागको सदस्य बन्दा दलजित श्रीपाइली, तेजबहादुर ओली, विरेन्द्र बुढा र कलबहादुर नाथ राष्ट्रिय सुरक्षा विभागको सदस्य बन्नुभएको छ ।

मरिचमान पुन वन तथा वातावरण विभागको सदस्य, मानबहादुर शाही शहरी विकास विभागको सदस्य बन्नुभएको छ । गोर्खबहादुर केसी स्थानीय तह विभागको सदस्य बन्नुभएको छ भने कृष्ण रेग्मी स्वास्थ्य तथा जनसंख्या विभागको सदस्य बन्नुभएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update