Kakhara सबैको खबर सम्पूर्ण खबर
'मानव अधिकार हननका घटना बढेका छन्'
कार्यक्रमका सहभागिहरु ।

जिल्लामा मानव अधिकार उलंघनका घटना बढिरहेको पाइएको छ । घरेलु हिंसा, बलात्कार, कुटपिट, बहु विवाह, ज्यादती लगायतका घटनामा तुलनात्मक रुपमा बढेको पाइएको हो । लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जिल्लाको मानव अधिकारको प्रबद्र्धनमा भएको प्रयास र सरोकारवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्य पत्रमा विविध कारणले मानव अधिकार उलंघनका घटना भएको उल्लेख छ ।

हरप्लेस, ओरेक, इन्सेक र बार एसोसियसनले सयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । मानव अधिकार उलंघन भएका घटना बढेको तथ्याङ्क भएपनि यसको समाधानको निकाय धेरै भएकाले समाधान भएर बाहिर आउनेको संख्या भने कम रहेको उल्लेख छ ।

कतिपय कुराहरु गाउ“घरमै मिलाइने, स्थानीय तहको न्यायिक समिति मार्फत समाधान हुने भएकाले पनि बाहिर आउने मानव अधिकार उलंघनका घटनाहरुको संख्या कम देखिएको हुन सक्ने कार्य पत्रमा उल्लेख छ । खान लाउन नदिइएको, कुटपिट गरेको, घर निकाला गरेको विवाह दर्ता तथा नागरिकता दिन नमानेको, जन्मदर्ता गर्न गराउन नमानेका जस्ता मानव अधिकार उलंघका घटना भएका छन् ।

बहु विवाह, बलात्कार, हत्या जस्ता घटना पनि बढेको कार्य पत्रमा उल्लेख छ । पछिल्लो एक वर्षमा मात्रै रुकुम पश्चिममा परिवारजनबाटै १ जनाको हत्या, अरु बाट १  जनाको हत्या, १ जनाको गिरफ्तार र ६  जनामाथी अमानविय व्यवहार भएको कार्य पत्रमा उल्लेख छ । १७ जनामाथी बलात्कार तथा यौन दुव्र्यवहार, २१ वटा घरेलु हिंसा लगायत अन्य घटना गरी ५९ वटा मानव अधिकार उलंघनका घटना भएको उल्लेख छ । अन्तराष्ट्रिय मानव अधिकार दिवश र महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हरप्लेसका कार्यक्रम संयोजक महेश केसीले बताउनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update