Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल सल्लेको भवन निर्माण सुरु

रुकुम पश्चिमको जिल्ला अस्पतालको भवन निर्माण सुरु भएको छ । मुसीकोट नगरपालिका १, सल्ले स्थित पूरानो अस्पताल पछाडी अस्पताल भवन बनाउन लागिएको हो । कर्णाली प्रदेश सरकारको बजेटबाट २५ शैय्या रहने गरी २ तलाको भवन निर्माण थालिएको हो । हाल भवन निर्माणका लागि जमिन सम्याउने र व्यवस्थित बनाउने कार्य चलिरहेको छ ।

एलेक्स कन्ट्रक्सन प्राली काठमाण्डौंले अस्पताल भवन बनाउने जिम्मा लिएको छ । झण्डै ११ करोड रुपैयाँको लागतमा यो दुई तलाको भवन बन्ने गरी सम्झौता भएको कम्पनीका प्रतिनिधि नविन राईले जानकारी दिनुभयो । तीन वर्षमा भवन बनाइसक्ने गरी सम्झौता भएको प्रतिनिधि राईले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले ५० शैय्याको अस्पतालका लागि अर्को भवन पनि बनाउनुपर्ने बताउनुभयो । अहिले बन्न सुरु भएको अस्पताल भवनले मात्रै ५० शैय्याको अस्पताललाई नपुग्ने भन्दै बुढाथोकीले अर्को भवन पनि बनाउनका लागि प्रयास र पहल भइरहेको बताउनुभयो ।

हाल २०४५ सालमा बनाइएका भवनमै अस्पतालले सेवा प्रवाह गरिरहेको छ । अस्पताल भवन पूरानै भएकाले उपचारमा समेत समस्या हुने गरेको छ भने विरामी संख्या बढ्दै जा“दा  त्यसले थप जटिलता पनि निम्त्याउने गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update