Kakhara सबैको खबर सम्पूर्ण खबर
सभापति र महामन्त्रीमा ६/६ र उपसभापतिमा ७ जनाको उम्मेदवारी

कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । दुई उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको छ । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न शेखर कोइराला,प्रकाशमान सिंह र विमलेन्द्र निधिले उपसभापति र महामन्त्रीसहितको समूह बनाएर उम्मेदवारी दिएका छन् । कल्याण गुरुङ र युवराज न्यौपानेले एकले उम्मेदवारी दिएका छन् ।

महामन्त्रीमा देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । कोइराला प्यानलबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार छन् । त्यस्तै सिंहको प्यालनबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । निधिको प्यानलबाट राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।

उपसभापतिमा देउवा प्यानलबाट विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीको उम्मेदवारी परेको छ । सिंहको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनेकी छन् । निधिको प्यानलबाट दिव्येश्वरी शाह पनि उम्मेदवार बनेकी छन् । उपसभापतिमा महेश आचार्यले पनि उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update