जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमले निश्चित समूहलाई निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । पाँच महिनादेखि जिल्ला अस्पताल सल्लेले तोकेरै विभिन्न ७ सामूहमा पर्ने व्यक्तिहरुलाई निःशुल्क सेवा प्रवाह गरिरहेको छ । गत साउन २७ गतेको निर्णय अनुसार ति समूहका सदस्यले निःशुल्क उपचार सेवा पाइरहेका छन् ।
७० वर्षमाथिका जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वंयम सेविकाहरु, अति गरीब र शारीरिक अशक्त भएका व्यक्तिहरुले निःशुल्क उपचार सेवा पाइरहेका छन् । यसैगरी कैदीबन्दी, गर्भवती, प्रसुती तथा सुत्केरी अवस्थाका महिला र जन्मेदेखि २८ दिनसम्मका नवजात शिशुको उपचारमा पनि जिल्ला अस्पतालले शुल्क लिँदैन ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीका अनुसार ति सेवा लिनका लागि आवश्यक कागज भने पेश गर्नुपर्ने अथवा साथमा ल्याउनुपर्ने हुन्छ । जेष्ठ नागरिक वा उमेर खुल्ने प्रमाण पत्र भएका जेष्ठ नागरिकले निःशुल्क सेवा पाउँने व्यवस्था छ ।
नि:शुल्क सेवा पाउने समूह तथा आवश्यक पर्ने कागजत
क्र.सं. |
समूहमा पर्ने सेवाग्राहीहरु |
सेवा लिँदा आवश्यक पर्ने कागजत |
१ |
७० वर्षमाथिका जेष्ठ नागरिकहरु |
नागरिकता वा उमेर खुल्ने प्रमाण पत्र |
२ |
महिला स्वास्थ्य स्वयम सेविकाहरु |
परिचय पत्र |
३ |
अति गरीब |
परिचय पत्र वा पालिकाकाे सिफारिस पत्र |
४ |
शारीरिक अशक्त भएकाे व्यक्ति |
अपांगताको परिचय पत्र |
५ |
कैदीबन्दी |
कारागारकाे पत्र |
६ |
गर्भवती, प्रसुती तथा सुत्केरी महिला |
गर्भवी जाँच कार्ड |
७ |
जन्मेदेखि २८ दिन भित्रका नवजात शिशु |
अस्पतालबाट दिइकाे जन्मदर्ताकाे प्रमाण |
यसैगरी परिचय पत्र साथमा ल्याएका महिला स्वास्थ्य स्वयंम सेविकाले पनि निःशुल्क उपचार सेवा पाउँछन् । अति गरीबको सन्दर्भमा परिचपत्र वा सम्बन्धित गाउँ/नगरपालिकाको सिफारिस भए निःशुल्क उपचार गरिने निमित्त प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
अपांगको हकमा अपांगताको परिचय पत्र, कैदीबन्दीको हकमा कारागारको चिठी, गर्भवती तथा सुत्केरीका लागि गर्भवती जाँच कार्ड र नवजात शिशुको हकमा अस्पतालबाट दिएको जन्मदर्ताको प्रमाण पत्र हुनुपर्छ । यति कागजात भए यो समूहमा पर्ने सबै व्यक्तिले जिल्ला अस्पतालको सम्पूर्ण सेवा निःशुल्क पाउने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।