नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिमा रुकुम पूर्वबाट १४ जना परेका छन् । खुला, महिला, दलित, युवा गरी १४ जना परेका हुन् । भूमे गाउँपालिकाबाट ६ जना पुथा र सिस्ने गाउँपालिकाबाट ४/४ जनाका दरले प्रदेशमा प्रतिनिधित्व भएको छ ।
भूमे गाउँपालिकाबाट मेघबहादुर श्रेष्ठ, रामसुर बुढा, होमप्रकाश श्रेष्ठ, जुनकुमारी रोका, जयविर घर्ती र मनकुमारी विष्ट प्रदेश समितिमा पर्नुभएको छ । पुथाउत्तरगंगा गाउँपालिकाबाट पुनिराज घर्ती, भिमकुमारी पुन, जिताराम कामी र संगम रोका प्रदेश समितिमा पर्नुभएको छ । सिस्ने गाउँपालिकाबाट धनमान पुन, कृष्ण रेग्मी, कुमारी बराल र तिर्था पुन प्रदेश समितिमा पर्नुभएको छ ।
पहिलो प्रदेश सम्मेलनले सर्वसम्मत २ सय २७ जनाको प्रदेश समिति चयन गरेको छ । अब प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयन गर्ने तयारी छ । २ सय ५३ सदस्यमध्य बाँकी सदस्य प्रदेश समितिले मनोनित गर्नेछ । भालुवाङको बाह्रखुट्टीमा माओवादीको सम्मेलन भएको थियो ।