Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व र पश्चिमबाट को को परे अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा

केही समय अघि सम्मेलन सकेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले केन्द्रीय सदस्यको टुंगो लाएको छ । सम्मेलनबाट अध्यक्षमा पञ्चा सिंहलाई चयन गरिएको थियो । बाँकी केन्द्रीय सदस्य भने टुंग्याइएको थिएन । अध्यक्ष सिंहले एक विज्ञप्ती जारी गरी केन्द्री सदस्य, आयोगका सदस्य, केन्द्रीय प्रतिनिधि लगायतको नाम सार्वजनिक गर्नुभएको हो ।

यसमा रुकुम पूर्व र रुकुम पश्चिमबाट विद्यार्थीका नेताहरु परेका छन् । रुकुम पूर्वबाट केशव रावल, रेवन खड्का, वेदना बुढा मगर परेका छन् । रुकुम पश्चिमबाट सुन्दर शर्मा, शुशिल विष्ट, लोकेन्द्र यरी, जीवन खड्का, दिपेन्द्र बुढा, सम्कृति पुन केन्द्रीय सदस्यमा परेका छन् । केन्द्रीय सदस्य रावलले अब सूची समायोजन, बाँकी पदाधिकारी छनौटको काम गरिने बताउनुभयो ।

कर्णाली प्रदेशको उपाध्यक्षमा रुकुम पश्चिमका तुल देवकोटा पर्नुभएको छ । यस अघि सम्मेलन सकेर कार्यालय मात्रै गठन गरेको कर्णाली प्रदेशमा पनि पदाधीकारी चयन गरिएको छ । कर्णाली प्रदेशको अध्यक्षमा राजेन्द्र बुढालाई तोकिएको छ । यस अघि राजेन्द्र बुढा, तिर्सना हमाल, योगेन्द्र बुढा तुल देवकोटाले अध्यक्षमा दावेदारी प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update