Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वका यी वडा छन हिमपातको उच्च जोखिममा 

जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पूर्वले जिल्लामा हिमपातबाट प्रभावित क्षेत्रको वर्गिकरण गरेको छ । जोखिमका आधारमा जिल्लाका हिमपात हुने क्षेत्रलाई वर्गिकरण गरिएको हो । जिल्लाका तीन वटै स्थानीय तहमा हिमपात हुन्छ । बढी र कम हिमपात हुने र त्यसले गर्ने क्षेतिलाई आधार बनाएर उच्च, मध्यम र न्युन गरी तीन भागमा वर्गिकरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लाका ३१ वडामा ३० वटा हिमपातबाट प्रभावित हुने भन्दै वर्गिकरणमा परेका छन् । पुथाउत्तरगंगा गाउँपाकिलाका सबै १४ वटै वटा वर्गिकरणमा परेका छन् । 

गाउँपालिकाका ७ वटा वडा उच्च जोखिम भएको वर्गमा पर्दा ८ वडा मध्यम जोखिमको वर्गमा परेका छन् । उच्च जोखिम भएका वडामा वडा नम्बर १, २, ३, ४, ५, ६ र नम्बर रहेका छन् । भने वडा नम्बर ७, ८, १०, ११, १२, १३ र १४ लाई मध्यम जोखिमको वर्गमा राखिएको छ । भूमे गाउँपालिकाको वडा नम्बर १ र सिस्ने गाउँपालिकाको वडा नम्बर १ हिमपातको उच्च जोखिमयुक्त वर्गमा छ । जिल्ला भरमा ९ वडा हिमपातको उच्च जोखिमयुक्त वर्गमा परेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहुनुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताउनुभयो । 

उहाँका अनुसार १७ वडा मध्यम जोखिममा छन् । जसमा पूथाउत्तरगंगा गाउँपालिकाका ७, भूमे गाउँपालिकाका ८ र सिस्ने गाउँपालिकाका २ वडा रहेका छन् । भूमे गाउँपालिकाका १ बाहेक सबै र सिस्ने गाउँपालिकाका २ र ४ हिमपातको मध्यम जोखिममा छन् । सिस्ने गाउँपालिकाका ५ देखि ८ नम्बर वडालाई न्यून हिमपात जोखिमयुक्त वडामा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताउनुभयो । जोखिमका आधारमा वडालाई वर्गिकरण गर्नुका साथै उक्त वडाभित्र सबैभन्दा बढी प्रभावित हुन सक्ने घरधुरी समेत पहिचान गरिएको उहाँको भनाई छ ।

बैठकले हिमपातका कारण हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न तथा विपद्मा आइहाल्यो भने उद्धार, राहात तथा पुनस्र्थापनाका लागि तयारी अवस्थामा रहने निर्णय पनि गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update